ओलीले राजीनामा दिए देशले निकास पाउँछः राष्ट्रिय जनमोर्चा

काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएको छ ।

राष्ट्रिय जनमोर्चाको बुधबार बुटवलमा बसेको केन्द्रीय सचिवालयको बैठकले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाव दिएको हो ।

बैठकपछि अध्यक्ष चित्रबहादुर केसीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘केपी ओलीले इमान्दारीपूर्वक प्रधानमन्त्रीबाट राजीनामा दिएर र विभाजनको दोसाँधमा रहेको नेकपाको एकता कायम गरेर त्यसको निर्णय अनुसार कार्य अगाडि बढाएमा देशले अहिलेको समस्याबाट निकास पाउन सक्छ । यसप्रकारले समस्या समाधान नभएको अवस्थामा जनताको आन्दोलन नै सही र अन्तिम विकल्प हुनेछ ।’

याे पनि पढ्नुस  ओलीले स्पष्टीकरण सोधेपछि नेपाल पक्षका सांसदहरुको बैठक बस्दै

ओलीले संसद विघटनको असंवैधानिक, अप्रजातान्त्रिक र प्रतिगामी कदम चालेको पनि उक्त बैठकले निष्कर्ष निकालेको छ ।

‘हामीसहित देशका अन्य राजनीतिक दल, संगठन, संघ, संस्था, नागरिक समाज आदि धेरै जनसमुदायको संघर्ष र सर्वोच्च अदालतको सही निर्णयले गर्दा प्रधानमन्त्री ओलीको संसद विघटनको निर्णय बदर भएको छ । संसदको पुनस्र्थापना भएको छ । तैपनि देशको राजनीतिमा अस्थिरता र अन्यौलताको स्थिति हटेको छैन । बाह्य शक्ति केन्द्रहरुको चलखेल झन बढेको छ’, विज्ञप्तिमा उल्लेख छ ।

याे पनि पढ्नुस  जसपा नेताहरु बालुवाटारमा, सरकार गठनबारे हाेला सहमति ?

कमेन्ट गर्नुहोस्