सरकार र विप्लव समूहबीच बुधबारै दोस्रो चरणको वार्ता, छिट्टै निष्कर्षमा पुग्ने अपेक्षा

काठमाडौं । सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द समूह (विप्लव) समूहबीच बुधबारै दोस्रो चरणको वार्ता भएको छ ।

सरकारको तर्फबाट गठित वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले बुधबार साँझ दोस्रो चरणको वार्ता भएको जानकारी दिएका छन् । वार्ता विषय केन्द्रीत भएको, दुबै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको उनले बताए ।

सरकार र विप्लव समूहबीच बुधबार बिहान पहिलो चरणको वार्ता भएको थियो ।

याे पनि पढ्नुस  काठमाडौंमा विप्लव समूहको प्रदर्शनमा प्रहरीद्वारा हस्तक्षेप

मंगलबार सरकार र विप्लव समूहले छुट्टाछुट्टै वार्ता टोली गठन गरेका थिए । वार्ता टोलीमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र भट्टराई तथा विप्लव समूहका तर्फबाट खड्गबहादुर विश्वकर्मा र उदय चलाउने छन् ।

कमेन्ट गर्नुहोस्