झापामा तीन सवारीसाधन एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु

झापाः झापाको सुरुङ्गामा ३ वटा सवारी साधन ठोक्किँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा ४ जना घाइते भएका छन्।

दुर्घटना परी मृत्यु हुनेमा कार चालक सुनसरीको धरान उपमहानगरपालिका १६ बस्ने २८ वर्षीय दीपक क्षेत्री र कारमा सवार सोलुखुम्बु पासाङ गाउँपालिका १ बस्ने ३० वर्षीय दिलीप राना मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए।

याे पनि पढ्नुस  झापामा उपमेयर चढेको गाडी जलाउने प्रयास

उनीहरूको उपचारका क्रममा विर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको हो। प्रहरीका अनुसार कनकाई नगरपालिका ४ सुरुङ्गास्थित कोटी होम नजिकै बुधबार दिउँसो प्रदेश १-०४-००१च ०१६७ नम्बरको कार, प्रदेश १-०१३ प १७८३ नम्बरको मोटरसाइकल र ग्यास बोकेको ट्रक एक आपसमा ठोक्किँएका हुन्।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको १ ख १६८४ नम्बरको ग्याँस बोकेको ट्रकले उछिन्ने क्रममा विपरित दिशाबाट आउँदै गरेको कार र मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको हुन सक्ने बताइएको छ। दुर्घटनामा परी कारमा सवार ४ र मोटरसाइकलमा सवार २ गरी ६ जना घाइते भएका थिए। त्यसमध्ये कारमा सवार २ जनाको मृत्यु भएको हो।

याे पनि पढ्नुस  झापाका एक युवकद्वारा हात्ती धपाउने ‘साइरन ड्रोन’को अन्वेषण

घाइते हुनेमा कारमा सवार मृतक मगरकी श्रीमती ३० वर्षीया अन्जु मगर, कारमै सवार ३० वर्षीय सुरेश मगर, मोटरसाइकल चालक झापा शिवसताक्षी नगरपालिका २ बस्ने ३९ वर्षीय ज्ञानबहादुर कसाई र उनकी श्रीमती ३० वर्षीया सोनम श्रेष्ठ रहेको प्रवक्ता थापाले जानकारी दिए।

याे पनि पढ्नुस  २१ घण्टा बित्दा पनि उठेन शव

घाइतेको बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ। दुर्घटना परेका तीन वटै सवारीसाधन इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ।

कमेन्ट गर्नुहोस्