रौतहटमा लागूऔषधसहित २ जना पक्राउ

रौतहटः अवैध लागूऔषधसहित रौतहटबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका १८ वर्षीय २ जना युवालाई चेकजाँचका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राजदेवी नगरपालिका-८ लक्ष्मीपुरबाट पक्राउ परेका उनीहरुबाट लागूऔषध १ सय ८० एम्पुल फेनारगन, १ सय ८० एम्पुल नोर्फिन, १ सय २० एम्पुल डाईजेल्याप र ६० एम्पुल डाईजेपाम बरामद गरिएको छ ।

याे पनि पढ्नुस  चर्चित कलाकार राजेन्द्र खड्गी पक्राउ

भारतको सितामडी वैरगैनिया भकुरहरमा बस्दै आएका उनीहरूलाई नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी वेलविछुवाबाट खटिएको प्रहरीको टोलीले चेकजाँचका क्रममा प्रकाउ गरेको हो ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

कमेन्ट गर्नुहोस्