यही सरकार आगामी दुई वर्षसम्म चल्छ : अर्थमन्त्री पौडेल

बुटवलः अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा संसदमा बहुमत रहेको बताए। उनले बाँकी २ वर्ष पनि यही सरकारले निरन्तरता पाउने बताए । गृह जिल्ला रुपन्देहीमा बिहीबार विभिन्न कार्यक्रमहरुलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीको सरकार ढालेर प्रचण्ड- माधवहरु कम्युनिष्ट इतरको सरकार बनाउन लागिरहेको आरोप लगाउँदै उनले सो प्रयास निरर्थक हुने दाबी गरे ।

सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले सरकार ढलाउन र पार्टी विभाजन गर्न कसैले साथ नदिने उल्लेख गर्दै नेकपाको सरकार ढलाउन कसैले पनि साथ नदिने बताए । मन्त्री पौडेलले भने ‘कम्युनिष्ट पार्टी विसर्जन गर्ने उनीहरुको कथित हिम्मत सफल हुन्न, अहिले पनि नेकपा राष्ट्रिय राजनितिको नेतृत्व शक्ति हो र यो रहिरहन्छ, बाँकी २ वर्षको कार्यकाल केपि ओली नेतृत्वको सरकारले नै नेतृत्व गर्छ ।’

याे पनि पढ्नुस  चुनाव हुनेमा कुनै आशंका छैन : अर्थमन्त्री पौडेल

यसैबीच, रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नवनिर्मित मुख्य भवनको उद्घाटन गर्दै उनले रुपन्देहीमा विकास सम्मेलन गर्न लागिएको बताए । ‘रुपन्देही विकासको रोलमोडल बनेको छ, विकास हेर्न रुपन्देही जानुपर्छ भन्ने मान्यता स्थापित गर्नका लागि पनि यहाँ विकास सम्मेलन गर्न लागिएको हो’–उनले भने। हाल निर्माण भएको भवनमा कार्यालय सञ्चालनका लागि ठाउँ अभाव भएमा अर्को नयाँ भवन निर्माण गरेर भएपनि महानगरको केन्द्र तिलोत्तमालाई बनाउने प्रतिवद्धता उनले व्यक्त गरे।

याे पनि पढ्नुस  चुनाव हुनेमा कुनै आशंका छैन : अर्थमन्त्री पौडेल

वर्तमान सरकारले इतिहासमै राम्रो काम गरेको तर विकास निर्माणको गतिलाई रोक्ने उद्देश्यले अँधेरो कोठाबाट सरकार गिराउने तानाबाना बुनिएको बताउँदै उनले भने ‘राष्टिय स्वाधिनताको पक्षमा होस् वा सिके राउत र विप्लव जस्ता शक्तिलाई मूलधारमा ल्याउने काममा होस्, सरकारले हरेक क्षेत्रमा राम्रो काम गरेको छ ।’ कोभिड विरुद्धको भ्याक्सिन नागरिकलाई उपलव्ध गराउने नेपाल दक्षिण एसियामै दोस्रो मुलुक बनेको दावी गर्दै पौडेलले तर विरोधीहरुले सरकारले केही गरेन भनेर भ्रम फैलाउने मात्र काम गरेको आरोप लगाए ।

याे पनि पढ्नुस  चुनाव हुनेमा कुनै आशंका छैन : अर्थमन्त्री पौडेल

कमेन्ट गर्नुहोस्