ओली समूहले बोलायो संसदीय दलको बैठक

काठमाडौं : नेकपा ओली समूहले शनिबार संसदीय दलको बैठक बोलाएको छ । ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बैठक दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको हो ।

बैठकमा सहभागिताका लागि १७३ सांसदलाई एसएमएसमार्फत सूचना पठाइएको भट्टराईले जानकारी दिए । पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको निर्णय लिएपछि नेकपाका सांसद दुई कित्तामा विभाजित छन् ।

नेकपा ८७ सांसद प्रचण्ड नेपाल पक्षसँग छन् भने ८३ जना ओली समूह खुलेका छन् ।

कमेन्ट गर्नुहोस्