कञ्‍चनपुरमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

महेन्द्रनगर : कञ्चनपुरको बेलौरी नगरपालिका- ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको ज्यान गएको हो ।

नेपाल-भारत सीमा क्षेत्र नजिकै गस्ती गरिरहेको प्रहरी टोलीमाथि तस्करहरूको समूहले गोली चलाएपछि जवाफी फायरिंगमा एक भारतीय नागरिकको मृत्यु भएको हो ।

याे पनि पढ्नुस  भीमदत्त नगरपालिकाले गर्‍यो रेडक्रसलाई ३ लाख सहयोग

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमरबहादुर थापाका अनुसार ४ जनाको संख्यामा रहेका तस्करहरूको समूहले प्रहरीमाथि गोली चलाएको हो । गस्तीमा रहेका एक प्रहरी सामान्य घाइते भएको उनले बताए ।

मृतक भारत उत्तर प्रदेशको तिलिभितका २५ वर्षीय गोविन्द सिंह छन् । मृतकको साथबाट नक्कली नोट छाप्ने मेसिन र कागजातसँगै लागूऔषध समेत बरामद भएको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  भीमदत्त नगरपालिकामा खाद्य आपूर्ति अनुमगनका लागि समिति गठन

कमेन्ट गर्नुहोस्