सरकार–विप्लव सहमतिमा कांग्रेसको प्रश्नः राज्यलाई हतियार बुझाउने बुँदा खोइ ?

काठमाडौं । सरकार र विप्लव सहमतिबीच भएको वार्तामा राज्यलाई हतियार बुझाउने चौंथो बुँदा खोइ ? भन्दै कांग्रेसले प्रश्न गरेको छ ।

कांग्रेसले सिंगो देशले यो प्रश्नकोे जवाफ चाहेको बताएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै भनेका छन्, ‘राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ ? सिंगो देश चाहन्छ यो गम्भीर प्रश्नको जवाफ ।’

याे पनि पढ्नुस  नेपालको भूमि मिँचिदा आफुलाई राष्ट्रवादी भन्ने सरकार खै ?: सांसद बडू

शुक्रबार सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको थियो ।

यस्ता छन् तीन बुँदाः

१. दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं ।

२ नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ ।

याे पनि पढ्नुस  उपनिर्वाचनमा उम्मेदवार छान्न कांग्रेसलाई सकस

३ नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्र्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ ।

कम्युनिस्ट विद्रोहका योद्धा मात्रै हैनन्, शान्तिका दूत पनि हुन्ः विप्लव

 

कमेन्ट गर्नुहोस्