कैलाली कारागारबाट धरौटीमा छुटे चन्द समूहका दुई नेता

धनगढीः सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच भएको सहमतिपश्चात् कैलाली कारागारमा पुर्पक्षमा थुनामा रहेका २ नेता धरौटीमा रिहा भएका छन् ।

शुक्रबार रिहा हुनेहरुमा चन्द समूहका सेती महाकाली व्युरो इन्चार्ज एवं केन्द्रिय सदस्य ओम प्रकाश पुन तथा सेती महाकाली व्युरो सदस्य विवेक दुलाल रहेका छन् ।

कैलाली जिल्ला अदालतले हातहतियार खरखजाना ऐनअन्तर्गत थुनामा रहेका नेता पुनलाई ५० हजार धरौटी रकम बुझाएपछि रिहा गरेको हो । दुलाललाई पनि विभिन्न ३ वटा आपराधिक मुद्दामध्ये २ मुद्दामा साधारण तारेखमा र १ मुद्दामा ५० हजार धरौटी रकम लिएर रिहा गरेको हो । नेता पुन साउनदेखि कैलाली कारागारमा थुनामा थिए । यस्तै दुलाललाई केही दिनअघि मात्र ललितपुरमा पक्राउ गरी कैलाली कारागारमा ल्याइएको थियो ।

याे पनि पढ्नुस  कविता: भागरथी र निर्मलाहरू

रिहा भएपछि पत्रकारहरुसँगको कुराकानीमा नेता पुनले अबको सरकार दलहरुको सहमतिमा संयुक्त प्रगतिशील बन्न सक्ने बताएका छन् । सबै भंग गरेर नेपालको वर्तमान राज्य व्यवस्थालाई वैज्ञानिक राज्य व्यवस्थामा रुपान्तरण गर्न राष्ट्रिय सरकार गठन हुनु पर्दछ’ उनले भने ।

वर्तमान व्यवस्थामा गडबढ छ भन्ने सबैतिरबाट आवाज उठिरहेको अवस्थामा वैज्ञानिक पुँजीवाद व्यवस्थावा अहिलकै व्यवस्थाबारे जनमतसंग्रह पनि हुन सक्ने नेता पुनले बताए । रिहाईका बेला कारागार र अदालत परिसर पुगेका चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले दुवै नेताको स्वागत गर्दै नारा जुलुससहित धनगढी बजार परिक्रममा गरेका थिए । स्थानीय पार्कमोडमा कोणसभा भएको थियो ।

याे पनि पढ्नुस  प्रेम दिवसमा जब कैदीबन्दीले गुलाफ उपहार पाए...

कमेन्ट गर्नुहोस्