काठमाडौं : नेकपा उपाध्यक्ष वामदेव गौतमलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली उनको निवास भैंसेपाटी पुगेका छन् । प्रधानमन्त्री ओली आफूनिकट नेताहरूलाई लिएर वामदेवलाई भेट्न भैंसेपाटी पुगेका हुन् ।
व्यक्तिगत भेटघाटका लागि प्रधानमन्त्री ओली भैंसेपाटी पुगेका गौतमको सचिवालयले जनाएको छ ।
प्रचण्ड–माधव पक्षले आजै नेकपा विभाजनको कानुनी मान्यताका लागि निर्वाचन आयोगलाई लिखित पत्र लेख्नुका साथै दलको नेतासमेत प्रचण्डलाई बनाएपछि पार्टी एकताको अभियान चलाइरहेका गौतमलाई भेट्न ओली भैंसेपाटी पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
शुक्रबार चण्ड(माधव पक्षले ओलीलाई दलको नेताबाट हटाएको घोषणा गर्दै प्रचण्डलाई नेता चयन गरेको हो ।