गैरकानुनी निर्णयबाट गरिएको पत्राचारको औचित्य छैन : भट्टराई

काठमाडौंः नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नव नियुक्त प्रमुख सचेतक विशाल भट्टराइले दलको विधान २०७५ बमोजिम विधिवत रुपमा चुनिनु भएका संसदीय दलका नेता पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली रहनु भएको स्पष्ट पारेका छन्।

नेकपा प्रचण्ड माधव समूहले हालै संसद सचिवालयमा महासचिवलाई सम्बोधन गरी लेख्नृु भएकोे पत्र प्रति आफ्नो ध्यानाकर्षण भएको विज्ञप्ति मार्फत जानकारी गराए । नेपालको संविधान तथा प्रचलित कानून बमोजिम वाहेक कोही कसैले कुनै गैर संवैधानिक र गैर कानूनी निर्णय गरिएको भनि गरिएको पत्राचारको कुनै कानूनी आधार, औचित्य र प्रभाव हुन नसक्ने उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

निर्वाचन आयोगको माघ ११ गतेको निर्णय अनुसार पार्टीको वैठकको मान्यताप्राप्त हुन अध्यक्षको परामर्शमा महासचिवले बैठक आह्वान गरेको हुन पर्ने र पार्टीको आधिकारीक पत्राचारमा दुवै अध्यक्षको हस्ताक्षर हुन पर्ने विज्ञप्तिमा भनिएको छ ।

उक्त यो व्यावस्था समेतको विपरित गरिएको भनिएको कुनैपनि बैठक तथा पत्राचारले मान्यता नपाउने उल्लेख छ । संघीय संसद समेतमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को तर्फबाट हुने प्रतिनिधित्व, आवश्यक निर्णय तथा आधिकारिकता दलको विधान २०७५ बमोजिम संसदीय दलका नेता प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभा दलका उपनेता सुवास नेम्वाङ, प्रतिनिधिसभा दलका मुख्य सचेतक बिशाल भट्टराई, प्रतिनिधिसभा दलका सचेतक शान्ता चौधरी भएको भन्दै संघीय संसद, संघीय संसद सचिवालय लगायत सवैमा कुनै द्विविधा भ्रम उत्पन्न नहोस भनि ध्यानाकर्षण गराएको विज्ञप्तिमा भनिएको छ ।

कमेन्ट गर्नुहोस्