नारायणगढ-मुग्लिन सडक एक हप्ता दिउँसो बन्द हुने

काठमाडौंः पहिरो रोकथामका बाँकी काम सम्पन्न गर्न नारायणगढ-मुग्लिन सडकखण्ड दिउँसो एक हप्ताका लागि बन्द गरिने भएको छ । फागुन २३ देखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो । नारायणगढ-मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडक खण्डअन्तर्गत ४ किलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्न सडक बन्द गर्न लागिएको जनाएको छ ।

याे पनि पढ्नुस  तीन ठाउँमा पहिरो, मुग्लिन सडक अवरुद्ध

सडकखण्डमा बिहान १०ः३० देखि दिउँसो ३ बजेसम्म दुईतर्फी आवागमन बन्द रहने आयोजनाका इन्जिनियर सविना रानाभाटले जानकारी दिए । उनले अत्यावश्यक सेवाबाहेक सबै सवारी साधन रोकिने बताए ।

यही असार पहिलो हप्ता पहिरोले बगाएको क्षेत्रमा काम गरिने रानाभाटले जानकारी दिए । सडकखण्डमा ८५ प्रतिशत पहिरो रोकथामको काम सकिएको आयोजनाले जनाएको छ । सो अवधिमा नारायणगढ तर्फबाट गएका सवारीसाधनलाई जलबिरेमा र मुग्लिन तर्फबाट आएका सवारीसाधनलाई शान्ति बजारमा रोकिने छ । उक्त अवधिमा वैकल्पिक सडकमार्ग प्रयोग गर्नसमेत नारायणगढ मुग्लिन सडक आयोजनाले अनुरोध गरेको छ ।

याे पनि पढ्नुस  नारायणगढ-मुग्लिन सडकखण्ड प्रयोग गरेबापत दस्तुर तिर्नुपर्ने

कमेन्ट गर्नुहोस्