नेता श्रेष्ठलाई भेट्न नर्भिक अस्पताल पुगे सभापति देउवा

काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नर्भिक अस्पताल पुगेर नेता गोपालमान श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । कांग्रेस संसदीय दलको बैठक सकिएपछि शुक्रबार साँझ देउवा श्रेष्ठलाई भेट्न नर्भिक अस्पताल पुगेका थिए । देउवाले श्रेष्ठलाई भेटेर स्वास्थ्य लाभका कामना समेत गरेका थिए ।

कांग्रेस संगठन विभाग प्रमुख समेत रहेका श्रेष्ठलाई सास फेर्न समस्या भएपछि आइतबार नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

आइतबार सीसीयुमा राखेर उपचार गरिएपनि अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । सोमबारबाट सामान्य बेडमा सारे​र श्रेष्ठको उपचार भइरहेको छ । श्रेष्ठको उपचारमा कार्डियोलोजिष्ट डा जेपी जैसवाल संलग्न छन् ।

 

कमेन्ट गर्नुहोस्