मेलम्चीको पानी भोलि सुन्दरीजल आइपुग्ने

काठमाडौंः बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट भोलि पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा झर्ने भएको छ । हाल परीक्षणका लागि सुरुङमा पठाइएको पानी भोलि अपरान्हसम्म सुन्दरीजलमा आइपुग्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले सोको अवलोकन गर्नु हुने भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले गोरखापत्र अनलाइनलाई जानकारी दिए ।

याे पनि पढ्नुस  मेलम्चीको पानी वितरणमा भएका चुहावट मर्मत गरिँदै

उनले आजसम्म पानी १९ किलोमिटरको दुरीमा पानी आइपुगेको र अब १ किलोमिटर जति असजिलो भाग रहेको र त्यसपछि बाँकी भाग ओरालो भएकाले भोलिसम्म पानी सुन्दरीजल आइपुग्ने बताए । यही फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किमी लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो ।

याे पनि पढ्नुस  मेलम्चीको पानी उपत्यकामा वितरण गर्न कार्य योजना बनाउँदै खानेपानी मन्त्री मगर

मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी आउन सक्ने समस्या बारेमा सजगता अपनाइएको थियो । हाल परीक्षणका लागि २६० लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हालिएको छ । परीक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्ने बताइएको छ ।

याे पनि पढ्नुस  असार मसान्तभित्रै मेलम्चीको पानी सुन्दरीजलमा

कमेन्ट गर्नुहोस्