मेलम्चीको पानी हेर्न प्रधानमन्त्री ओली सुन्दरीजल जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सुन्दरीजल जाने भएका छन् । सुरुङमा पठाइएको मेलम्चीको पानी आज सुन्दरीजल आइपुग्नेभएपछि प्रधानमन्त्री त्यहाँ जान लागेका हुन । गत १० गते सुरुङमा पानी पठाइएको थियो ।

मेलम्ची सुरुङको सबै काम सम्पन्न भएपछि परीक्षणका लागि पानी पठाइएपछि आज सुन्दरीजलमा त्यो हेर्न प्रधानमन्त्री जाने भएका हुन । अब त्यो पानी वितरण प्रणालीमार्फत बाग्मतीमा पठाइनेछ । बाग्मतीसम्मको वितरण प्रणालीको अवस्था र पाइप पखालिएपछि थप काम अघि बढ्ने छ ।
आज अपराह्न ४ बजे प्रधानमन्त्री सुन्दरीजल जाने कार्यक्रम तय भएको छ ।

यो आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा आउने छ । उपत्यकामा हाल दैनिक ४३ करोड लिटर पानीको माग छ ।

कमेन्ट गर्नुहोस्