भ्यान र मोटरसाइकल जुध्दा दुई जनाको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैंचामा भ्यान र मोटरसाइकल एक आपसमा जुध्दा दुई जनाको मृत्यु भएको छ । शनिबार राति भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।

बेलबारी नगरपालिका–११ का २१ वर्षीय अर्जुन न्यौपाने र मनोज कटुवालको मृत्यु प्रहरीले जनाएको छ । दुर्घटनामा परी काठमाडौंका २८ वर्षीय गणेश थापा र मोरङको बेलबारीका १८ वर्षीय उत्सव गिरी घाइते भएका छन् ।

याे पनि पढ्नुस  विराटनगरमा एकैदिन तीन संक्रमितको मृत्यु

सुन्दरहरैंचा नगरपालिकाको वडा नं ८ र ७ को सिमाना पर्ने मध्याली पुलनजिक राति १ बजेतिर दुर्घटना भएको थियो ।

काठमाडौंबाट झापाको बिर्तामोडतर्फ जाँदै गरेको बा४ख ६९६ नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश२–०२–००१प ३८७८ नम्बरको मोटरसाइकल जुधेका थिए । मोटरसाइकलमा सवार थिए न्यौपाने र कटुवालको उपचारको क्रममा विराटनगरको कोसी अस्पतालमा मृत्यु भएको डिएसपी मानबहादुर राईले जानकारी दिएका छन् ।

याे पनि पढ्नुस  बैतडी दुर्घटनाः मृतक ९ जनाकै पहिचान खुल्यो

भ्यानमा सवार घाइते दुई जनाको विराट नर्सिङहोममा उपचार भइरहेको प्रहरीले जनाएको छ । भ्यानमा सवार १२ यात्रु सकुशल छन् । मादक पदार्थ सेवन गरेर सवारी चलाएको कारण दुर्घटना भएको प्रारम्भि अनुसन्धानबाट खुल्न आएको मोरङ प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्