नेकपा एकताको सम्भावना खोज्नुपर्छः रघुजी पन्त

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य रघुजी पन्तले पार्टी एकताको सम्भावना खोज्नुपर्ने बताएका छन् ।

उक्त समूहको बैठकमा उनले सो कुरा बताएका हुन् । बैठकपछि बाहिरिएपछि उनले भने, ‘मैले बैठकमा नेकपाको एकता जोगाउन सकिन्छ भने ठाउँ र सम्भावना खोज्नुपर्छ भन्ने धारणा राखेको छु ।’

याे पनि पढ्नुस  नेकपा संसदीय दलको पहिलो बैठक, हेर्नुहोस तस्वीरमा

उनले नेकपा एकता खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युताउने सर्वोच्च अदालतको फैसलामा असहमति जनाए ।

उनले भने, ‘सर्वोच्चको फैसलाको सम्मान गर्छु । तर त्यसमा मेरो असहमति छ । फैसला बढी राजनीतिक प्रकृतिको भयो भन्ने लागेको छ ।’

नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी बैठक अहिले पनि जारी छ ।

प्रचण्ड–नेपाल समूहको स्थायी समिति बैठक शुरू

कमेन्ट गर्नुहोस्