एमाले र माओवादी केन्द्र अलग-अलग भएर जाने स्थायी कमिटीको निर्णय

काठमाडौं : अब पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलगअलग भएर जाने भएका छन् । आज पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि पत्रकारसँग कुराकानी गर्दै वरिष्ठ नेता झलनाथ खनालले भने, ‘एमाले र माओवादी अब अलग-अलग रूपमा अघि बढ्ने भएका छौँ ।’

याे पनि पढ्नुस  आज पनि स्थायी कमिटी बैठकमा बसेनन् प्रधानमन्त्री ओली

यसअघि सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता ऋषिराम कट्टेललाई दिएको छ ।

त्यसपछि प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र प्रचण्डको नेकपा खारेज भएको हो । अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएको छ ।

कमेन्ट गर्नुहोस्