तनहुँमा चितुवाको आक्रमणबाट एक बालक घाइते

तनहुँः तनहुँ-बन्दीपुर गाउँपालिकामा आज बिहान चितुवाको आक्रमणबाट १ बालक घाइते भएका छन्।

बन्दीपुर गाउँपालिका-१ कौशलीछापमा चितुवाको आक्रमणबाट ४ वर्षीय बालक अपल चेपाङ घाइते भएका हुन् ।

घर नजिकैको बारीबाट फर्किने क्रममा बालकलाई चितुवाले आक्रमण गरेको थियो।

बालकको लक्ष्मी अस्पताल डुम्रेमा उपचार गरिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  तनहुँमा यात्रुवाहक बस दुर्घटना, १३ जना घाइते

डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले तनहुँका विभिन्न ठाउँमा चितुवा रहेकाले सतर्कता अपनाउनुपर्ने बताए।

विगत साढे २ वर्षको अवधिमा चितुवाको आक्रमणबाट जिल्लामा १० बालबालिकाले ज्यान गुमाएका छन्।

वनजङ्गलमा पाइने जीवजन्तु मानिसले सिकार गरेर खाइदिने, पानीको स्रोत मासिने जस्ता कारणले चितुवा बस्तीमा आउन थालेको छ।

याे पनि पढ्नुस  तनहुँ जलविद्युतको १८८ मिटरको केवल टनेलको ब्रेक थ्रु

कार्यालयले चितुवाबाट बच्नका लागि घरगोठ उज्यालो बनाउने, वस्तुलाई बचाउन गोठ बलियो निर्माण गर्नुपर्ने लगायतका सावधानी अपनाउन आग्रह गरेको छ।

काफ्लेका अनुसार जङ्गलमा पानीको व्यवस्थापन, घरवरपर झाडी व्यवस्थापन र जङ्गलमा घाँसे मैदान संरक्षण गर्न सकिए चितुवाले मानिसमाथि आक्रमण गर्ने स्थिति न्यूनीकरण हुँदै जानेछ।

याे पनि पढ्नुस  सेनाद्वारा बम निष्क्रिय

कमेन्ट गर्नुहोस्