‘प्रचण्डजी र हाम्रो पार्टी अलग भए पनि मन विशाल छ’

काठमाडौं : वरिष्ठ नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी अलग भए पनि मन विशाल भएको बताएका छन् ।

प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक सकिएलगत्तै सञ्चारकर्मीसँगको कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘प्रचण्डजीको र हाम्रो आजबाट पार्टी अलग भए पनि हाम्रो मन विशाल छ । अनौपचारिक छलफल भइराख्छ ।’

याे पनि पढ्नुस  राष्ट्रपतिसँग सुटुक्क माधव नेपालको भेट

उनले सर्वोच्चको निर्णय कार्यान्वयन गरेर जाने र पार्टी एकताको प्रयास पनि जारी राख्ने उनले बताए ।

कमेन्ट गर्नुहोस्