गोलभेडाको एउटा डालोका कारण भयो झगडा, २० जनाको मृत्यु, दर्जनौं घाइते

काठमाडौं । गोलभेडाको एउटा टोकरीका कारण भएको झगडाले हिंसात्मक रुप लिँदा २० जनाको मृत्यु भएको छ ।

अफिकाको नाइजेरियामा भएको यो घटना निकै दुखदायी छ ।
गत महिना एकजना व्यक्ति टोकरीमा गोलभेडा लगेर दक्षिण–पश्चिम सहर इबादानको बजारमा गइरहेको बेला दुर्घटना हुँदा गोलभेडा सडकमा खसेपछि घटना घटेको थियो ।

सडकमा टमाटर खसेपछि नजिकैका पसले र काम गर्ने केटाहरुसँग बहस चर्कियो । विवादले उग्ररुप लिएपछि एकजना कामदारको मृत्यु भएको थियो ।

तर यो विवाद यत्तिमै सिमित रहेन । लगत्तै उक्त कामदारको समुदायले गोलभेडा बोकेका मानिसका समुदायसँग विवाद शुरु गरे । तनाव यति चुलियो कि उक्त घटनाको ४ घण्टाभित्रै देशको उत्तरका मुसलमान र दक्षिणका क्रिश्चियन बाँडिए । कैयन क्षेत्रमा मारपीट र पसल जलाउने घटना शुरु भए ।

यो हिंसामा अहिलेसम्म २० जनाको मृत्यु भइसकेको । हजारौं मानिस भागेका छन् । यता किसान र व्यापारीहरुले खाद्य सामग्रीको आपूर्ति ठप्प गरेका छन् ।

सानो कुरामा भएको झगडाले साम्प्रदायिक हिंसाको रुप लिएपछि यसको असर सबैतर्फ परेको छ । नाइजेरियाको सबैभन्दा ठूलो सहर लागोसमा मासु पाइन छोडेको छ । गोलभेडाको मूल्य चर्केको छ । उत्तरी क्षेत्रमा सबैभन्दा बढी गोलभेडा उत्पादन हुने भएपनि त्यो त्यत्तिकै खेतमा कुहिन पुगेको छ ।

कमेन्ट गर्नुहोस्