तानातानमा जसपाः आजै एमाले र कांग्रेससँग सत्ता समिकरणबारे छलफल गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेतालाई बूढानीलकण्ठ बोलाएका छन् । सत्ता समीकरणका सन्दर्भमा छलफल गर्न शुक्रबार ४ बजे आफ्नो निवास बूढानीलकण्ठमा देउवाले जसपाका नेताहरुसँग छलफल गर्ने भएका छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक परिस्थितिबारे काँग्रेससँग छलफल गर्न लागिएको जानकारी दिए ।

त्यसअघि नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । शुक्रबार अपरान्ह ३ बजे पार्टी सभापति देउवाको निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक राखिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

याे पनि पढ्नुस  अर्थतन्त्र उकास्न कृषिको विस्तार उत्तम विकल्पः नेता पौडेल

यसैबीच सरकारमा जाने कि नजाने भन्ने विषयमा सरकार र जनता समाजवादी पार्टी (जसपा)बीच शुक्रबार पनि वार्ता हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न वार्ता हुने जसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।

शुक्रबारको वार्ता निर्णायक हुने नेताहरुले बताएका छन् । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागीतामा भएको छलफलमा शुक्रबार कार्यदलस्तरमा निर्णायक छलफल गर्ने भनिएको थियो । त्यसैले यो वार्तालाई चासोका साथ हेरिएको छ ।

याे पनि पढ्नुस  पूर्वसांसद गिरीले मापसे गरेर चलाएको कारकाे ठक्करबाट एक जना गम्भीर घाइते

जसपाले निलम्वित सांसद टीकापुर घटनामा दोषी ठहर रेशम चौधरीको मुद्दा फिर्ता र रिहाइ तथा मधेस आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधन लगायतका सर्त राख्दै आएको छ ।

जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले पार्टीमा छलफल नै नगरी सरकारसँग वार्ता गर्न कार्यदल गठन गरेपछि कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई असन्तुष्ट छन् ।

याे पनि पढ्नुस  नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक शुरु

प्रधानमन्त्री ओलीलाई सरकार टिकाइ राख्न थप १८ सांसद आवश्यक पर्दछ । निलम्वितबाहेक ३२ सांसद रहेका जसपाको एउटा खेमालाई भए पनि साथ लिने रणनीतिमा ओली छन् ।

कमेन्ट गर्नुहोस्