ड्राइभिङ लाइसेन्सको परीक्षा पास गर्न १७ वर्षदेखि कोशिस, १९२ पटक फेल

काठमाडौं । सवारी चालक लाइसेन्स लिन एकजना व्यक्ति १७ वर्षदेखि कोशिसमा छन् भनेको सुन्दा पत्याउन गा¥हो पर्छ । त्यसो त हामीकहाँ लाइसेन्समा फेल भएर पनि सवारी गुडाउने पनि कम्ती छैनन् ।
तर यी युवकको कोशिस भने अचम्मकै छ ।
सवारी साधन चलाउनका लागि अनिवार्यरुपमा लाइसेन्स चाहिन्छ । लाइसेन्स लिने नियम हरेक देशमा फरक फरक छन् । कतै लिखित परीक्षापछि सवारी चलाउने व्यवहारिक परीक्षा दिएर यो लाइसेन्स पाइन्छ भने कतिपय देशमा चलाउन सक्ने भएपनि यो पाइने गर्दछ ।
तर केही यस्ता देशपनि छन् जहाँ अभ्यास परीक्षा आफैले पास गर्नुपर्छ । अनिमात्रै लाइसेन्स पाइने गर्दछ ।
पोल्याण्डका यी युवाका लागि भने यो लाइसेन्स पाउन त्यति सहज बनेको छैन । एउटा रिपोर्ट अनुसार, यी युवक अहिलेसम्म १९२ पटक लाइसेन्सको परीक्षामा फेल भएका छन् ।
अहिले उनी ५० वर्ष पुगे । लाइसेन्स परीक्षामा सर्वाधिक फेल हुने रेकर्ड उनले कायम गरेका छन् । उनी विगत १७ वर्षदेखि लाइसेन्सका लागि प्रयासरत छन् ।
पोल्याण्डमा चालक लाइसेन्स लिन शुरुमा नेपालजस्तै लिखित परीक्षा पास गर्नुपर्छ । त्यसपछि मात्रै गाडी चलाउने परीक्षा हुन्छ । त्यहाँ जाँच दिन भने कुनै सीमा छैन । यो सैद्धान्तिक परीक्षामा ५०, ६० प्रतिशत मात्रै पास हुने गर्दछन् । प्रेक्टिकलमा भने ४० प्रतिशत पास हुने बताइन्छ ।
ती व्यक्तिको समस्या के भयो भने उनले कार त राम्रोसँग चलाउन जानेका छन्, तर उनी सैद्धान्तिक परीक्षामा भने अहिलेसम्म पास हुन सकेका छैनन् । त्यसमा पास नभई उनले प्रयोगात्मक परीक्षा दिन पाउने कुरै भएन ।

कमेन्ट गर्नुहोस्