वर्षमान पुनको दाबीः चैत्र ५ पछि कांग्रेस, माओवादी र जसपाको सरकार बन्छ

काठमााडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले चैत ५ गतेपछि सत्ता समीकरणले मुर्त रूप लिने दाबी गरेका छन् ।

उनले नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर नयाँ सरकार बन्ने समेत दाबी गरे ।

माओवादी केन्द्रको संसदीय दलको बैठकपछि पत्रकारहरूसँग आज कुराकानी गर्दै नेता पुनले भने, ‘चैत ५ गते जसपाको बैठक छ । त्यो बैठकपछि सत्ता समीकरणले मुर्त रूप लिन्छ । कांग्रेस, माओवादी केन्द्र र जसपाका बीचमा गठबन्धन बन्छ ।’

याे पनि पढ्नुस  कांग्रेस केन्द्रीय समितिको बैठक चैत ३० मा

प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटनको विरुद्धमा तीनै दल लागेकोले यो गठबन्धन प्राकृतिक हुने उनले बताए ।

उक्त बैठकले नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सचेतकमा देव गुरुङलाई चयन गरेको छ ।

सोही बैठकले एमालेमा लाग्ने निर्णय गरेका नेताहरूलाई माओवादीमै फर्काउन तीन सदस्यीय कार्यदल बनाएको छ । साथै तत्काल राजीनामा दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ ।

याे पनि पढ्नुस  नलगाड जलविद्युत् आयोजनाको डीपीआर सक्न ऊर्जामन्त्रीको निर्देशन

कमेन्ट गर्नुहोस्