जनता समाजवादी पार्टीको बैठक अन्तिम समयमा स्थगित

काठमाडौं । जनता समाजवादी पार्टीको कार्यकारीणी समितिको बैठक अन्तिम समयमा स्थगित भएको छ ।

तयारी नपुगेकाले बैठक स्थगित गरिएको कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए । पार्टीको समायोजनका कामहरुको दस्तावेज तयार नभएको कारण बैठक स्थगित भएको उनले बताए ।

उक्त दलको शंखमुलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा बिहीबार बिहान ११ बजेका लागि बोलाइएको थियो । बैठकमा सहभागी हुन अधिकांश सदस्य आइसकेका थिए, तर अचानक बैठक स्थगित गरिएको हो ।

याे पनि पढ्नुस  सर्वोच्चले नागकरिकता सम्बन्धी अध्यादेश रोक्नु गलत, समस्या भयावह हुन्छः ठाकुर

उक्त दलमा सत्ता समीकरणका लागि कसलाई सहयोग गर्ने विषयमा विवाद छ । त्यहीँ विषयमा कुरा नमिल्दा बैठक स्थगित भएको स्रोतको दाबी छ ।

कमेन्ट गर्नुहोस्