काठमाडौं । जनता समाजवादी पार्टीका सांसद राज किशोर यादवले संविधान संशोधन, रेशम चौधरी रिहाइको मुद्दा सरकारको लेनदेनको विषय बनाउन नहुने बताएका छन् ।
आज प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘संविधान संशोधन र रेशम चौधरी रिहाइको मुद्दा सरकारको लेनदेनको विषय बनाइनु हुँदैन । त्यसो गरिए राजनीतिक वेइमानी हुन्छ ।’
उनले सिके राउत र नेत्र विक्रम चन्द विप्लवजस्तै रेशम चौधरीकोे मुद्दालाई राजनीतिक विषय बनाएर समाधान गर्नुपर्ने बताए । साथै उनले संविधान संशोधन गरेर सम्बृद्ध संविधान बनाउनुपर्नेमा जोड दिए ।
उनले सरकार निर्णयबारे जसपा निर्णायक रहेको र देशको हितका लागि सही समयमा सही निर्णय लिने बताए । उनले भने, ‘हामी सरकार निर्माणका क्रममा कसैको लोभमा फस्दैनौं । जसपा पार्टी पनि फुट्दैन । देशको हितका लागि सही समयमा सही निर्णय लिन्छौं ।’