लम्कीमा बसले ठक्कर दिँदा एक युवतीको मृत्यु, राजमार्ग अवरुद्ध

धनगढी । धनगढीको लम्कीमा बसले ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्गको लम्की चोक नजिकै टीकापुर गइरहेको बसले पैदल हिँडिरहेकी युवतीलाई ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार, बसको ठक्करबाट लम्कीचुहा नगरपालिका वडा नं. १ निवासी २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको हो ।

प्रहरीले चालकलाई नियन्त्रणमा लिएर कार्वाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्