मोफसल फुटबल प्रतियोगिताको तालिका हेरफेर

काठमाडौं । एन्फाले देशभरि हुने विभिन्न नक आउट प्रतियोगिताको खेल तालिकामा हेरफेर गरेको छ । एन्फाले देशको विभिन्न स्थानमा हुने १४ वटा नक आउट प्रतियोगिताको तालिका हेरफेर गरेको हो ।

एन्फाको प्रतियोगिता विभागले सार्बजनिक गरेको तालिका बमोजिम १४ वटै नकआउट प्रतियोगिता चैत्त महिनादेखि जेठसम्म सञ्चालन हुनेछ । तालिका बमोजिम आहा रारा गोल्ड कप चैत्त १७ गतेदेखि २८ गतेसम्म हुनेछ । राजर्षि जनक गोल्ड कप चैत्त २१ गतेदेखि ३० गतेभित्र सम्पन्न हुने निर्धारण गरिएको छ ।

याे पनि पढ्नुस  एक वर्षपछि फुटबल प्रतियोगिता खेल्दै नेपाली टोली

त्यसैगरी, बिराट गोल्ड कप चैत्त २६ गतेदेखि बैशाख चार गतेसम्म हुनेछ । महात्मा बुद्ध गोल्ड कप चैत्त २७ देखि बैशाख पाँच गतेसम्म चल्नेछ । सिमरा गोल्ड कप चैत्त ३० गतेदेखि बैशाख आठ गतेसम्म आयोजना हुनेछ ।

बागेश्वरी गोल्ड कप चैत्त २७ गतेदेखि बैशाख पाँच गतेसम्म सञ्चालन हुनेछ । मदन भण्डारी गोल्ड कप २ बैशाख, २०७८ देखि नौ गतेसम्म चल्नेछ । बेलबारी अन्तर्राष्ट्रिय प्रतियोगिता जेठ ६, २०७८ देखि १५ गतेसम्म हुने तय गरिएको छ ।

याे पनि पढ्नुस  देशभरका प्रतियोगिता स्थगित गर्न एन्फाको निर्देशन

पाँचौं अन्तर्राष्ट्रिय भरोल प्रतियोगिता चैत्त २१ गतेदेखि २८ गतेसम्म हुनेछ । बिजय खड्गी स्मृति कप फुटबल प्रतियोगिताको मिति चैत्त १२ देखि २१ गतेसम्मका लागि तय गरिएको छ ।

बागमती गोल्ड कप चैत्त १३ देखि २२ गतेसम्म, शुभकामना गोल्ड कप फुटबल प्रतियोगिता जेठ एकदेखि आठसम्म तथा रमपम उदयपुर गोल्ड कप जेठ २९ गतेदेखि अषाढ पाँच गतेसम्म हुने तय गरिएको छ ।

कमेन्ट गर्नुहोस्