३ बर्षे कार्यकालमा देश नयाँ युगमा प्रवेशः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विकासको बाटोमा तिब्र रुपमा अगाडि बढिरहेको र वर्तमान सरकारको ३ बर्षे कार्यकालमा नयाँ युगमा प्रवेश गरिसकेको बताएका छन् ।

नेपाल नगरपालिका सङ्घको २८ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मेलम्चीको पानी चैत १५ देखि काठमाडौंमा वितरण सुरु हुने र २ वर्षभित्रै थानकोट नौबिसे सुरुङ निर्माणको काम पूरा भइसक्ने बताए ।

याे पनि पढ्नुस  राष्ट्रपति र प्रधानमन्त्री ओलीबीच एक घण्टा छलफल

प्रधानमन्त्री ओलीले स्थानीय तहहरूको प्रभावकारिता, आवश्यकता र औचित्य कोभिडको समयमा देखि सकेकाले स्थानीय तहबाट समृद्धिका लागि भइरहेका कार्यहरूको प्रशंसा गरे ।

प्रधानमन्त्री ओलीले जनप्रतिनिधीहरुले सामाजिक अभियन्ताका रुपमा जागरणका कामहरू गर्नुपर्ने बताए । आफूलाई जनताको सेवक ठानेर काम गर्न जनप्रतिनिधीहरुलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले जनताको विश्वासका कारण आफू त्यो ठाउँमा पुगेको कुरालाई आत्मसात् गरेर काम गर्नुपर्ने बताए ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीद्वारा ५ बहिनीको हातबाट टीका ग्रहण

प्रधानमन्त्री ओलीले जुन सरकारले खर्च गरे पनि अन्तिममा बजेट स्थानीय तहमै पुग्ने भएको र त्यो विकासबाट पनि स्थानीय तहहरूले लाभ पाउने भएकाले सरकारले आवश्यकता र औचित्यका आधारमा बजेट दिइरहेको बताए ।

प्रधानमन्त्री ओलीले सरकारले सडक बालबालिका र सडक मानवलाई मुक्त बनाएकाले सडक बालबालिका र सडक मानवमुक्त नेपाल बन्दै गएको बताए ।

कमेन्ट गर्नुहोस्