भारतीय जेलमा ४० वर्ष बिताएका दुर्गाप्रसादले लिए नागरिकता

इलाम । इलामको माई नगरपालिका १० का दुर्गाप्रसाद तिम्सिना (दिपक)ले आज नागरिकता लिएका छन् ।

४० वर्ष भारतको कोल्कोतामा जेल जीवन भोगेर हालै घर आइपुगेका उनले बिहीबार जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता लिएका हुन् ।

२०१७ साल साउन २० गते जन्मिभका तिम्सिनाको जन्म दर्ता, नागरिकता अहिलेसम्म थिएन । तिम्सिनाको उपचारलगायत अन्य प्रक्रियाका लागि नागरिकता आवश्यक पर्ने भएपछि जिल्ला प्रशासन कार्यालय इलामको समन्वयमा नागरिकता बनाइएको हो ।

प्रदेश १ सरकारले दुर्गाप्रसादको उपचारमा लाग्ने सबै खर्च ब्यर्होने भएपछि नागरिकतासमेत आवश्यक पर्ने भएकाले नेपाली नागरिकताको प्रमाण पत्र बनाइएको इलामका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए ।

नागरिकता बनाएपछि तत्काल तिम्सिनालाई उपचारका लागि लगिँदैछ ।

कमेन्ट गर्नुहोस्