गाडिएको अवस्थामा झा दम्पतीको शव फेला

जनकपुरधाम । फागुन १० गते रातिदेखि वेपत्ता भएका पिपरा गाउँपालिका–५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झाको शव गाडिएको अवस्थामा फेला परेको छ ।

उनीहरुको शव बिहीबार झा दम्पतीको घरभन्दा झण्डै साढे ३ किलोमिटर दूरीमा पिपरा–२ स्थित बाटो छेउमा फेला परेको हो ।

याे पनि पढ्नुस  श्रीमतीको शव फेला, श्रीमान पक्राउ

झा दम्पतीको अपहरण गरेको भन्दै प्रहरीले यसअघि पिपरा गाउँपालिका–५ सहोडवा बस्ने ५२ बर्षीय रामबाबु यादव, उनका छोराहरु २६ बर्षीय सुरेन्द्र यादव र २४ बर्षीय राजेन्द्र यादव र पिपरा– ६ बस्ने भारतीय नागरिक ५० बर्षीय हरेन्द्र ठाकुरलाई पक्राउ गरिसकेको छ ।

याे पनि पढ्नुस  भक्तपुरमा बगाएको शव ललितपुरमा भेटियो

प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले उनीहरूको अपहरण र हत्याबारे अनुसन्धान भइरहेको सिंहले बताए।

गत फागुन १० गते महोत्तरीको पिपरा गाउँपालिकास्थित सहोडवाबाट झा दम्पतीलाई घरमै सुतिरहेको अवस्थामा ओछ्यानसहित वेपत्ता पारिएको थियो ।

कमेन्ट गर्नुहोस्