रेशम चौधरी रिहाइको गर्न माग गर्दै माइतीघरमा गृहमन्त्रीको धर्ना

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा रेशम चौधरी र लक्ष्मण चौधरीलगायतको मुद्दा खारेजका लागि माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा सहभागी भएका छन् ।

रेशम र लक्ष्मणलगायतको मुद्दा खारेजका लागि माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा गृहमन्त्री थापा पनि सहभागी भएका हुन् । थारु कल्याणकारीणी सभा, थारुहट–थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको विरोध कार्यक्रममा सहभागी भएका थापाले सडकमा बसेर सम्बोधन गरेका थिए ।

याे पनि पढ्नुस  फेरि गृहमन्त्री भएका बादलद्वारा शपथग्रहण

धर्नामा बसेका सभाका महामन्त्री प्रेमीलाल चौधरीले टीकापुर घटना राजनीतिक मुद्दा भएकाले यसलाई फौजदारी मुद्दाको व्यवहार गर्नु नहुने बताए ।

थारु कल्याणकारिणी सभा, थरुहट÷थारुवान संयुक्त संघर्ष समिति, केन्द्रीय आन्दोलन परिचालन समिति, काठमाडौंको संयुक्त आयोजनामा माइतीघरमा केही दिनदेखि चौधरीको रिहाइको माग गर्दै प्रदर्शन हुँदै आएको छ ।

याे पनि पढ्नुस  गृहमन्त्री बादल र नेपालका लागि बेलायतका राजदुतबीच भेटवार्ता

कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते एक एसएसपीसहित ८ जनाको हत्या भएको थियो । सोही घटनाको योजना बनाएको आरोपमा रेशम चौधरीसहित ८ जनालाई उच्च अदालत दीपायलले जन्मकैदको फैसला सुनाएको थियो ।

कमेन्ट गर्नुहोस्