प्रदेश १ मा मन्त्रिपरिषद् विस्तारः नव नियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

विराटनगर । प्रदेश १ का नव नियुक्त मन्त्री र राज्यमन्त्रीले सपथ लिएका छन् ।

शुक्रबार पुनर्गठनमा माओवादीबाट एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य टंक आङबोहाङ अर्थमन्त्रीको, उषाकला राईले सामाजिक विकासमन्त्रीको, राज्यमन्त्री रहेका अम्बिरबाबु गुरुङले भौतिक पूर्वाधारमन्त्रीको, राम रानाले कृषिमन्त्रीको, उदयपुरकी कला घलेले कृषि राज्यमन्त्रीको र मोरङका राजकुमार ओझाले वन राज्यमन्त्रीको शपथ लिएका हुन् ।

याे पनि पढ्नुस  मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन

मन्त्रीलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासि र राज्यमन्त्रीलाई मुख्यमन्त्री शेरधन राईले शपथ गराएका हुन् ।

साबिकको नेकपाको विवादमा प्रचण्ड–माधव समूह छाडेर ओलीतिर लागेका तथा एमाले ब्युँतिएपछि माओवादी केन्द्र छाडेर आएका नेताहरुलाई समेटेर मुख्यमन्त्री राईले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

कमेन्ट गर्नुहोस्