संसदीय दलको बैठकमा सहभागी हुने नेपाल–खनाल पक्षको निर्णय

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरू प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवारका लागि बोलाएको पार्टीको संसदीय दलको बैठकमा सहभागी हुने भएका छन् ।

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र झलनाथ खनाल पक्षका केन्द्रीय सदस्यहरूको राजधानीमा बसेको भेलाले संसदीय दलको बैठकमा भाग लिने निर्णय गरेको हो ।

याे पनि पढ्नुस  माओवादी केन्द्रपछि एमालेले पनि बोलायो बैठक

यसअघि अघिल्लो पटक आह्वान गरिएको संसदीय दलको बैठकमा उक्त पक्षका सांसदहरू अनुपस्थित थिए । पूर्वप्रधानमन्त्री नेपालले पार्टीका यस्ता बैठकहरू प्रधानमन्त्री निवास बालुवाटारमा नभई पार्टी कार्यालय वा संसदीय दलको कार्यालयमा गरिनुपर्ने बताउँदै आएका छन् ।

केन्द्रीय समितिको बैठकबारे नेता रघुजी पन्तले पार्टीभित्र बसेर सङ्घर्ष जारी राख्ने निर्णय भएको बताए । उनले अन्तिम समयसम्म एकताको लागि पहल गर्ने भन्ने निष्कर्ष बैठकले निकालेको बताए ।

कमेन्ट गर्नुहोस्