चैत २० देखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने

काठमाडौं । सरकारले यही चैत २० गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरुवात गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका १२ जिल्लामा हात्तीपाइले रोगबाट बच्नका लागि ‘डाइथाइल कार्बामाजिन’ (डिइसी) र जुकाको औषधि ‘अल्वेन्डाजोल’ नामक दुई औषधि खुवाउने भएको हो ।

याे पनि पढ्नुस  खुसीको खबर ! कोरोनाविरुद्ध ७० किसिमका औषधि परीक्षण हुँदै

रगत र पेटमा भएको परिजीवि जुकालाई मार्नका लागि ती औषधि खुवाइने गरिन्छ । चिकित्सकका अनुसार डिइसीले रगतमा रहेको परजीवि जुकालाई र ‘अल्वेन्डाजोल’ले पेटमा रहेको जुकालाई मार्ने गर्दछन् ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य शाखाका प्रमुख डा प्रकाशप्रसाद साहले हात्तीपाइले रोगबाट बच्नका लागि १२ जिल्लामा औषधि खुवाइने जानकारी दिनुभयो । उहाँका अनुसार अभियान एक हप्तासम्म सञ्चालन हुने छ ।

याे पनि पढ्नुस  ६० रुपैयाँको औषधि २४ सयमा बिक्री

उहाँका अनुसार झापा, धनकुटा, मोरङ, वारा, लमजुङ, पर्वत, वागलुङ, कपिलबस्तु, दाङ, बाँके, बर्दिया र कैलाली जिल्लाका १२९ स्थानीय तहका ७० लाख ४५ हजार व्यक्तिलाई औषधि खुवाइने छ । औषधि खुवाउनका लागि पाँच हजार ४०० स्वास्थ्यकर्मी र नौ हजार ५०० महिला स्वास्थ्य स्वयसेविका परिचालन गरिने उहाँले जानकारी दिनुभयो ।

याे पनि पढ्नुस  भारतले लगायो औषधि निर्यातमा प्रतिबन्ध, विश्वभरि अभाव हुने

कमेन्ट गर्नुहोस्