धनकुटा सेवा समाज कतारको साधारण सभा सम्पन्न, काे काे भए त पदाधिकारी ?

कतारमा रहेका धनकुटेलीहरुको साझा संस्था धनकुटा सेवा समाज, कतारको ७ औं साधारण सभा हिजो शुक्रवारका दिन अनलाइन (जुम भर्चुअल) मार्फत सम्पन्न भएको वर्तमान प्रथम उपाध्यक्ष रबिन मगरले बताउनु भयो ।

संस्थाका अध्यक्ष पदम कुमार घिमिरेको सभापतित्वमा तथा संस्थाका सल्लाहकार डिएन मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको साधारण सभाबाट डिल्ली कुमार सुबेदीको अध्यक्षतामा १३ जनाको नयाँ कार्यसमिति चयन गरेको छ।

नव गठित कार्यसमिति यस्ताे छ ।
प्रथम उपाध्यक्ष :- रबिन मगर
उपाध्यक्ष :- सन्तोष सिवा,
महासचिव :- केशब राना मगर
सचिव :- तिलविक्रम मगर
संगठन सचिव:- सारुक सुन्दास
कोषाध्यक्ष :- मन्दिप राई
सह कोषाध्यक्ष :- देब सुन्दास
महिला सदस्य:- यज्ञ कुमारी मगराती
सदस्य: हुपेन्द्र मगर, बिमल खुलाल मगर, किशोर बस्नेत, नेत्र प्रसाद कोइराला

कमेन्ट गर्नुहोस्