चीनले उपलब्ध गराएको कोभिड खोप हस्तान्तरण

काठमाडौं । चीनले नेपाललाई उपलब्ध गराएको कोभिड १९ विरुद्धको खोप भेरोसेल नेपाललाई हस्तान्तरण गरेको छ ।

त्रिुभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रममा ८ लाख डोज सो खोप नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरिन् ।

याे पनि पढ्नुस  आजदेखि ‘कोभिशिल्ड’ खोप प्रदेशमा पठाइँदै

चीनले नेपाललाई सो खोप उपहार स्वरुप उपलब्ध गराएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जनाकारी गराए ।

कमेन्ट गर्नुहोस्