वायु प्रदूषण असरः उपत्यकाका विद्यालय चार दिन बन्द गर्ने तयारी

काठमाडौं । काठमाडौं उपत्यकाका विद्यालयहरु चार दिन बन्द गर्ने तयारी शिक्षा मन्त्रालयले गरेको छ ।

वायु प्रदूषणको मात्रा बढेसँगै उपत्यकाका विद्यालयहरु चार दिन बन्द गर्ने तयारी मन्त्रालयले गरेको हो ।

त्यसबारेमा छिट्टै निर्णय हुने मन्त्रालय स्रोतले जनाएको छ ।

प्रदूषणका कारण बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । उनीहरूलाई सकेसम्म घरबाहिर ननिस्कन र निस्कनै परे सावधानी अपनाउन आग्रह गरिएको छ ।

कमेन्ट गर्नुहोस्