समीक्षक समाज नेपालमा लामा

काठमाडौंः चलचित्र समीक्षक समाज नेपाल (फिक्सन)को अध्यक्षमा दीपेन्द्र लामा चुनिएका छन् । काठमाडौंमा हालै सम्पन्न साधारण सभाले लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

नेपाल पत्रकार महासंघमा आवद्ध एसोसिएट संस्था ‘फिक्सन’को उपाध्यक्षमा सामीप्यराज तिमल्सिना र स्मृति ढुंगाना, महासचिवमा सजना बराल, सचिवमा विष्णु शर्मा र केदार श्रेष्ठ तथा कोषाध्यक्षमा प्रभाकर गौतमलाई निर्वाचित गरेको छ ।

केन्द्रीय सदस्यमा लेनिन बञ्जाडे, नरेश फुयाल, अभिमन्यु दीक्षित र रक्षा थापा चयन भएका छन् । महासंघका कोषाध्यक्ष राजेश मिश्र तथा निवर्तमान अध्यक्ष यज्ञसले नयाँ कार्यसमितिको सफलताको कामना गरे ।

चलचित्र समीक्षा गर्ने संस्कृतिलाई थप स्थापित र फराकिलो बनाउन विभिन्न कार्यक्रम अबका दिनमा फिक्सन’ले गर्ने नवनिर्वाचित अध्यक्ष लामाले बताए ।

कमेन्ट गर्नुहोस्