नेपालले जित्यो ‘थ्री नेसन्स कप’को उपाधि

काठमाडौंः काठमाडौंको दशरथ रंगशालामा भएको थ्री नेसन्स कपको उपाधि घरेलु टोली नेपालले जितेको छ । फाइनलमा आज बंगलादेशलाई २-१ ले हराउँदै नेपालले उपाधि जितेको हो ।

नेपाललाई जित दिलाउन सञ्जोग राई र विशाल राईले गोल गरे । सञ्जोगले खेलको १८ मिनेटमै गोल गर्दै नेपाललाई अग्रता दिलाए ।

उनले सुनिल वलको कर्नरमा गोल गरेका हुन् । यो उनको पहिलो अन्तर्राष्ट्रिय गोल हो । उनले शनिबार बंगलादेशविरुद्ध नै डेब्यू गरेका थिए ।

त्यस्तै, विशाल राईले ४१औँ मिनेट नेपालका लागि दोस्रो गोल गरे ।

खेलको ८३ औँ मिनेटमा बंगलादेशले गोल फर्कायो । बंगलादेशका लागि मामुबुल रहमानले गोल गर्दै खेल २-१ को अवस्थामा फर्काएका हुन् ।

नेपालले यसअघि विश्वकप छनोटमा चाइनिज ताइपेविरुद्ध गोल गरेको थियो । २-० गोल अन्तरमा जितेको खेलमा नेपालले यसअघिको पछिल्लो अन्तर्राष्ट्रिय गोल थियो ।‍ ताइपेविरुद्धको खेलमा अन्जन विष्टले दुई गोल गरेका थिए ।

कमेन्ट गर्नुहोस्