रोहित चन्द थ्री नेसन्स कपको सर्वोत्कृष्ट खेलाडी

काठमाडौंः राजधानीमा सम्पन्न थ्री नेसन्स कपको सर्वोत्कृष्ट खेलाडी नेपालका रोहित चन्द घोषित भएका छन्।

राष्ट्रिय टिमका उपकप्तान चन्दले खेलेका तीन वटै खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

डिफेन्डर रोहितले सर्वोत्कृष्ट भएबापत ५ सय डलर पुरस्कार प्राप्त गरेका छन्।

रोहित इन्डोनेसियाको शीर्ष डिभिजनको क्लब पेर्सिजा जार्कताबाट व्यवसायिक फुटबल खेल्ने गर्छन्।

याे पनि पढ्नुस  नेपालको अर्को बराबरी, उपाधिका लागि बंगलादेशसँग भिड्ने

थ्री नेसन्स कपको फाइनलमा नेपालले बंगलादेशलाई २-१ ले हराएर उपाधि जित्यो। नेपालको जितमा सन्जोग राई र विशाल राईले १/१ गोल गरे।

कमेन्ट गर्नुहोस्