राष्ट्रिय फुटबल टिमबाट विराज महर्जनले लिए संन्यास

काठमाडौं : नेपाली फुटबल टिमका पूर्वकप्तान विराज महर्जनले नेपाली राष्ट्रिय फुटबल टिमबाट संन्यास लिएका छन् ।

काठमाडौंमा सम्पन्न थ्री नेसन्स कपपछि विराजले राष्ट्रिय टिमबाट संन्यास लिएका हुन् । थ्री नेसन्स कपको फाइनलमा विराज ८९ मिनेटमा त्रिदेव गुरूङको स्थानमा मैदान प्रवेश गरेका थिए ।

याे पनि पढ्नुस  विश्वकप छनोटः नेपाली फुटबल टोलीको घोषणा, को–कोले पाए मौका?

विराजले राष्ट्रिय टिममा डेब्यू गरेको १३ वर्षपछि संन्यास लिएका हुन् । उनले सन् २००८ मार्च २५ मा पाकिस्तानविरूद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए ।

त्रिपुरेश्वरका स्थायी बासिन्दा विराजले सन् २००७ बाट थ्रीस्टार क्लबबाट व्यवसायिक फुटबल यात्रा सुरू गरेका थिए ।

याे पनि पढ्नुस  विश्वकप छनोट खेल्न गएको नेपाली फुटबल टिम स्वदेश फर्किँदै

राष्ट्रिय टिमबाट ७३ खेल खेलेका उनले नेपाली टिमको कप्तानी गर्ने अवसर पनि पाए । उनले राष्ट्रिय टिमबाट एक अन्तर्राष्ट्रिय गोल पनि गरेका छन् ।

विराजले नेपालले तीन वटा उपाधि जित्दा नेतृत्व गरे। नेपालले बंगबन्धु गोल्डकप, १२ औं साग र सोलिडारिटी कप जित्दा उनी मैदानमा कप्तानको भूमिकामा थिए ।

याे पनि पढ्नुस  विश्वकप छनोटः नेपाली फुटबल टोलीको घोषणा, को–कोले पाए मौका?

कमेन्ट गर्नुहोस्