मोहन्याल गाउँपालिकाका अध्यक्ष रावलको निधन

काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भएको छ ।

रावलको उपचारका क्रममा काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा मंगलबार बिहान निधन भएको गाउँपालिकाले जनाएको छ ।

लामो समयदेखि रक्त चापले ग्रेसित रावललाई ४ दिन अघि ब्रेन हेमब्रेज भएको थियो । उनलाई कोहलपुर मेडिकल कलेज हुँदै थप उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

रावल नेकपा एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए ।

रावलको शव गृहजिल्ला लिने तयारी भइरहेको छ ।

कमेन्ट गर्नुहोस्