नेकपा खारेज गर्ने फैसला सर्वोच्च अदालतले सच्याउँछः प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा खारेज गर्ने फैसला सर्वोच्च अदालतले सच्याउने बताएका छन् ।

नेकपा खारेज गर्ने अदालतको फैसला पुनरावलोकनका लागि निवेदन दिएर फर्किने क्रममा अदालत परिसरमा पत्रकारलाई प्रतिक्रिया दिँदै प्रचण्डले सो कुरा बताएका हुन् ।

सम्बन्धित समाचारः नेकपा खारेज गर्ने अदालतको फैसला पुनरावलोकनका लागि माओवादी केन्द्रले दियो निवेदन

उनले भने, ‘निवेदन भन्दा बाहिर गएर अदालतले गरेको फैसला सच्याउँछ भन्ने विश्वास छ । विगतमा पनि अदाततले यस्ता फैसला सच्याएको छ । राजनीतिक स्थायित्व, शान्ति सम्बृद्धिका लागि एक भएका विभाजित गर्दै दललाई खारेज गर्ने फैसला यसपटक पनि सच्याउनेछ ।’

याे पनि पढ्नुस  कर्णाली विवादबारे प्रचण्डको असन्तुष्टि, ओली र नेपालसँग गम्भीर छलफल

उनले उक्त फैसलालाई आफू र फ्नो पार्टीले यसअघि नै अस्वभाविक, अप्राकृतिक र राजनीतिक फैसला भनेको स्मरण गरे ।

प्रण्चण्डले केही दिनभित्रै आफूले दिएको निवेदनको फैसला हुने विश्वास व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्