नेपाल–खनाल पक्षको आरोपः ओली कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्न लागे

काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्न लागेको आरोप लगाएको छ ।

मंगलबार बसेको उक्त पक्षको स्थायी कमिटी सदस्यको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘अवैधानिक किसिमले विघटन गर्ने निर्णय बदर भएपछि उत्तेजित बन्नुभएका केपी शर्मा ओलीबाट राज्यका विभिन्न निकायलाई निकम्मा बनाउनुका साथै नेकपा एमाले विभाजित गरी कम्युनिष्ट आन्दोलनलाई ध्वस्त गर्ने षडयन्त्रपूर्ण काम भइरहेका छन् ।’

याे पनि पढ्नुस  कार्की ब्यांक्वेटमा हुने भेलामा ओली सहभागी हुँदै

अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावललाई निलम्बन गर्ने निर्णय गरेपछि नेपाल–खनाल पक्षको स्थायी कमिटी बैठक बसेको थियो । बैठकले नेपाल र रावललाई निलम्बन गर्ने निर्णयको भर्त्सना गरेको छ ।

कमेन्ट गर्नुहोस्