१६७ सङ्क्रमित थपिए, ३ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसका १६७ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७७ हजार १४७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै तीन हजार १४० जनाको आरटीपीसीआर परीक्षण गरेकोमा १६७ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

याे पनि पढ्नुस  कोरोनालाई लिएर बजार अभाव र आपूर्तिबारे कुनै शंका गर्नुपर्दैनः उद्योगमन्त्री भट्ट

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११५ जना कोरोनामुक्त भएका छन् । हालसम्म दुई लाख ७२ हजार ७२७ जना कोरोना सङ्क्रमित निको भएका छन् ।

मन्त्रालयका अनुसार हाल एक हजार ३९० जनामा कोरोना भाइरसको सङ्क्रमण सक्रिय छ । कोरोनाबाट निको हुने दर ९८.४ प्रतिशत छ ।

याे पनि पढ्नुस  ग्रान्डी र अल्का अस्पतालले कोरोनाका शंकास्पदलाई उपचार गर्न मानेनन्, होला त कारवाही ?

पछिल्लो २४ घण्टामा तीन जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट तीन हजार ३० जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्