आज राति ८ बजेदेखि मेरो सेयरको सेवा अवरुद्ध हुने

काठमाडौंः डिजिटल सेयर कारोबारको अनलाइन प्ल्याटफर्म ‘मेरो सेयर’ को सेवा केही समयका लागि अवरुद्ध हुने भएको छ ।

मेरो शेयरमा सेवाग्राहीको चाप बढेसँगै विभिन्न प्राविधिक समस्याहरु देखिएकाले सोको समाधानका लागि आकस्मिक रुपमा थप सर्भरहरु जडान गर्नुपर्ने र सो सर्भर जडान गरि डाटा माइग्रेसन समेत गर्नुपर्ने भएकाले केहीबेर सेवा अवरुद्ध हुने सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ । कम्पनीकाअनुसार सेवा आज राति ८ बजेदेखि केहीबेर अवरुद्ध हुनेछ ।

यद्यपि मेरो सेयरको सेवा अवरुद्ध हुँदा गत मिति २०७७र१२र१६ गते कारोबार भई २०७७/१२र१८ गते राफसाफ तथा फर्छ्यौट हुनुपर्ने कारोबारको ई-डीआईएस प्रविष्टि गर्ने समय २०७७/१२/१८ गते बिहान १० बजेसम्म कायम गरिएको कम्पनीले जनाएको छ । आफ्नो सेवा अवरुद्ध हुँदा सेवाग्राहीहरुमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै कम्पनीले जतिसक्दो छिटो सेवा सुचारु गर्ने जनाएको छ ।

कमेन्ट गर्नुहोस्