महोत्तरीबाट हराएका ७ बालिका/किशोरी भेटिए

महोत्तरी । भङ्गाहा नगरपालिका–८ धर्मपुरबाट हराएकासात बालिका÷किशोरी भेटिएका छन् ।

मङ्गलबार दिउँसो घाँस काट्न गएका १० देखि १८ वर्षसम्मका उनीहरु बुधबार बिहान भारत बिहारको सितामढीमा भेटिएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए । भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई सितामढीबाट उद्धार गरिएको छ ।

भेटिनेमा धर्मपुरका १० वर्षीयाद्वय रञ्जना पासवान र सीमा पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीयाद्वय रिया पासवान र रचना पासवान एवं १८ वर्षीयाद्वय नगिना पासवान र अस्मिता पासवान रहेका छन् ।

उनीहरू भेटिएपछि प्रहरी र अभिभावकहरू अहिले भारत गएका छन् ।

उनीहरूलाई भारत कसले र किन लियो भन्ने कुरा खुलेको छैन । प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले भारतसम्म पुर्याउन कसले समन्वय गर्यो भन्ने कुराको अनुसन्धान भइरहेको बताए ।

कमेन्ट गर्नुहोस्