८ लाखमध्ये ६ लाख कार्यकर्ता मसँग छन्, देशव्यापी संगठन बनाउँछुः नेपाल

पोखरा । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले देशव्यापी संगठन बनाउने उद्घोष गरेका छन् ।

बिहीबार कास्कीमा । धनराज आचार्यको नेतृत्वमा जिल्लास्तरीय समानान्तर कमिटी बनाउँदै वरिष्ठ नेता नेपालले देशव्यापी संगठन बनाउने उद्घोष गरेका हुन् । उनले आफू त्यस अभियानमा हिँडेका बताए ।

याे पनि पढ्नुस  राष्ट्रपति भण्डारी खनाल निवास डल्लुमा, भटवार्ता जारी

उनले एमालेका ८ लाखमध्ये ६ लाख कार्यकर्ता आफूहरुसँग रहेको दाबी गरे । उनीहरू सबैलाई कारवाही गरेर देखाउन नेपाल नेपालले एमाले अध्यक्ष केपी ओलीलाई चुनौती दिए ।

उनले २८ फागुनका निर्णय फिर्ता लिन र २ जेठ २०७५ मा फर्किने हो भने सबै बिर्सिन तयार रहेको बताएका उनले तर त्यसमा ओली तयार नहुने स्पष्ट पारे ।

याे पनि पढ्नुस  ओलीले बोलाएको संसदीय दलको बैठकमा माधव नेपाल सहभागी नहुने

नेता नेपालले कार्यकर्तालाई निर्देशन दिँदै जिल्ला जिल्लामा संगठित हुन निर्देशन दिएका छन् ।

धनराज आचार्यको नेतृत्वको कास्की जिल्लास्तरीय समानान्तर कमिटीको सचिवमा होमबहादुर नेपाली तोकिएका छन् ।

७५ सदस्यीय जिल्ला कमिटीका बाँकी सदस्यसहित समानान्तर टिम घोषणा गरिएको हो ।

कमेन्ट गर्नुहोस्