जसपाले ओलीतन्त्रको घाककस खान्नः भट्टराई

काठमाडौं । जनता समाजावदी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले आफ्नो पार्टी सरकारमा नजाने संकेत गरेका छन् ।

बिहीबार ट्वीट गर्दै पूर्व प्रधानमन्त्री रहेका भट्टराईले केपी ओली नेतृत्वको सरकारमा नजाने संकेत गरेका हुन् । उनले भनेका छन्, ‘जसपाले ओलीतन्त्रको घाककस खान्न !’

याे पनि पढ्नुस  ओली–प्रचण्डबीच सहमतिमा सभामुख चयन गर्ने सहमति, सचिवालय बैठक बस्दै

उनले रेशम चौधरीलगायतका राजवन्दीको रिहाइलाई प्रतिगमनकारी ओली नेतृत्वको सरकारमा जाने कुरासंग नजोडन आग्रह गरेका छन् ।

उनले प्रश्न गरेका छन्, ‘के बन्दी बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो ! के आफ्ना नेताकार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेस÷कम्युनिष्ट पंचायत छिरेका थिए ? जसपाले ओलीतन्त्रको घाककस खान्न ! चेतना भया !’

याे पनि पढ्नुस  गृहजिल्लामैं अल्पमतमा परे ओली, दुई तिहाई संगठन प्रचण्ड–माधव पक्षमा

कमेन्ट गर्नुहोस्